प्रेस विज्ञप्ति

 


 

 

 

 

 

 

क्यानडाका लागि नेपाली महामहिम राजदूत एवं अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (International Civil Aviation Organization-ICAO) लागि नेपालका प्रतिनिधि श्री कालीप्रसाद पोखरेलले ICAO को प्रधान कार्यालय, मन्ट्रियलमा आयोजित एक समारोहका बीच आफ्नो नियुक्तिको प्रमाण-पत्र ICAO का महासचिव Mr. Raymond Benjamin लाई हिजो मिति 2072/1/7 गतेका दिन हस्तान्तरण गर्नु भयो । सो अवसरमा महामहिम राजदूत र ICAO का महासचिव Mr. Benjamin बीच नेपाल र ICAO सम्बन्धमा विविध पक्षहरुमा कुराकानी भएको थियो। भेटका अवसरमा म.म. राजदूतले नेपाल सरकारले हस्तलिखित राहदानीलाई मेशिन रिडेवल राहदानीले प्रतिस्थापन गर्न गरिरहेका प्रयासहरु, सन् 2015 को नोभेम्वरको समय सीमा र सरकारका चुनौती एवं कठीनाईका विषयमा ICAO का महासचिवलाई जानकारी गराउँदै ICAO को सहयोग र समझदारीका लागि अनुरोध गर्नुभएको थियो। नेपालले हालको मेशिन रिडेवल राहदानीलाई ई-राहदानीमा लैजाने प्रयास गरिरहेको हुँदा ICAO को सहयोगको लागि पनि म.म. राजदूतले अनुरोध गर्नु भयो। 

 

नेपालको हवाई सुरक्षा सम्बन्धी ICAO को प्रतिवेदनमा सुधार गर्नुपर्ने विषय र क्षेत्रहरुलाई सम्बोधन गर्ने गरी नेपालका हवाई उड्डयन सम्बन्धी निकायले कार्य गरिरहेको जानकारी गराउँदै महामहिम राजदूतले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने पर्यटन उद्योगसँग सम्बन्धित नेपालको हवाई उड्डयन क्षेत्रको सुधारमा ICAO को सकारात्मक पहल कदमी एवं EU र UNWTO सँगको सहकार्यमा पनि ICAO को सहयोगका लागि समेत अनुरोध गर्नुभयो । 

 

ICAO का महासचिवले राजदूतलाई ICAO प्रतिनिधिका रुपमा स्वगत गर्दै नियुक्तिको प्रमाण-पत्र ग्रहण गर्नुभयो। म.म.राजदूतले उठाएका विषयसँग आफू पनि जानकार रहेको जनाउँदै तोकिएको समय सीमा भित्र मेशिन रिडेवल राहदानी जारी गर्न नेपाल सफल हुने विश्वास व्यक्त गर्नु भयो।Aviation Safety का विषयमा कुराकानी गर्दै ICAO महासचिवले ICAO प्रतिवेदनमा उल्लिखित विषयहरुलाई सम्बोधन गर्दै सुधारका लागि चालिएका विश्वासिला आधारहरुको कार्य योजना बनाई जतिसक्दो चाँडो लागू गर्न नेपाल सफल हुने विश्वास व्यक्त गर्नुभयो ।   

 

आजै म.म. राजदूत श्री पोखरेलले World Energy Council का प्रमुख Ms. Marie José Nadeau सँग भेटघाट गर्नु भयो। क्यानडाको सबैभन्दा ठूलो जलविद्युत उत्पादक सरकारी निकाय हाइड्रो क्युवेकको कार्यालय, मन्ट्रियलमा भएको भेटका अवसरमा म.म. राजदूतले नेपालको जलविद्युतको विकासमा वैदेशिक लगानीका अवसर र नेपाल सरकारले अवलम्वन गरेका नीतिहरुका बारेमा जानकारी गराउनु भएको थियो।हाइड्रो क्युवेकको उपाध्यक्ष एवं महासचिव समेत रहेकी Ms.Nadeau ले हाइड्रो क्युवेकले वैदेशिक लगानीका सम्भावनाहरुका विषयमा आफ्ना रणनीतिहरु पुनरावलोकन गरिरहेको र जलविद्युत उत्पादनमा हाइड्रो क्वुवेकको अनुभव राम्रो रहेकाले नेपालको जलविद्युत क्षेत्र उपयुक्त हुन सक्ने बताउनु भएको थियो। भेटका अवसरमा हाइड्रो क्युवेकका अर्का उपाध्यक्ष Mr. Pierre-Luc Dosange पनि उपस्थित हुनुहन्थ्यो। 

 

साथैमन्ट्रियल भ्रमणका बेला म.म. राजदूतले मन्ट्रियलमा रहेका नेपाली समुदायले आयोजना गरेको नयाँ वर्ष कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो। उहाँले विभिन्न पेशा व्यवसाय गरी बसेका नेपालीहरुसँग छुट्टै भेटघाट गरी नेपालको विकासमा क्यानडाको लगानी जुटाउन एवं नेपालको पर्यटन प्रवर्द्वनमा आ-आफ्नो ठाँउबाट पहल गर्न पनि अनुरोध गर्नु भयो । राजदूत पोखरेलले मन्ट्रियलस्थित क्युवेक प्रान्तका लागि नेपालका अवैतनिक वाणिज्यदूतसँग क्युवेक प्रान्तमा नेपालको पर्यटन एवं व्यापार अभिवृद्वि गर्ने उद्देश्यले गर्न लागिएको कार्यक्रमका सम्बन्धमा छलफल गर्नु भएको थियो।

 

माथिका सबै अवसरहरुमा नेपाली राजदूतावास ओटवाका उप-नियोग प्रमुख श्री दिलिप कुमार पौडेल उपस्थित हुनुहुन्थ्यो।

 

 

श्री नेपाली राजदूतावास 

ओटवा, क्यानडा 

2072/1/8

Information Officer

Mr. Dilip Kumar Paudel

Counsellor

Phone: 613-680- 5513 Ext. 104

Email: nepalembassy@rogers.com

eonottawa@mofa.gov.np