अत्यन्त जरुरी सूचना


मिति 2072/1/12 मा आएको विनाशकारी भुकम्पमा परी आजसम्म पाँच हजार भन्दा बढीको ज्यान जानुका साथै दश हजार भन्दा बढी घाइते भएका छन्। मृतक र घाइतेहरुको संख्या दिनानुदिन बढिरहेको छ।साँस्कृतिक धरोहरहरु एवं भौतिक सम्पत्तिमा अकल्पनीय क्षति भएको छ। राष्ट्रिय विपद्को यस दुMखद घडीमा दिवंगत आत्माको चीर शान्ति एवं घाइतेहरुको शीघ्र स्वास्थ्य-लाभको कामना गर्नका लागि नेपाल सरकारले मिति 2072/1/15 गते देखि 25072/1/17 गते सम्म नेपाल राज्यभर एवं विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने एवं शोक पुस्तिका राख्ने निर्णय गरे बमोजिम यस राजदूतावासले क्यानडा सरकार, कूटनीतिक नियोगहरु एवं सर्वसाधारणका लागि निम्न मिति र समयमा नेपाली राजदूतास, 408 Queen Street, Ottawa, ON, K1R 5A7 मा शोक पुस्तिका राख्ने भएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

शोक पुस्तिका खुला रहने मिति र समय:

  • 2072/1/21 गते सोमबार (तदनुसार 2015 मे 4 तारिख) विहान 10:00 बजेदेखि मध्यान्न 12:00 बजे सम्म र अपरान्ह १:30 बजेदेखि 4:30 बजे सम्म।
  • 2072/1/22 गते मंगलबार (तदनुसार 2015 मे ५ तारिख) विहान 10:00 बजेदेखि मध्यान्न 12:00 बजे सम्म र अपरान्ह १:30 बजेदेखि 4:30 बजे सम्म।
  • 2072/1/23 गते बुधबार (तदनुसार 2015 मे ६ तारिख) विहान 10:00 बजेदेखि मध्यान्न 12:00 बजे सम्म र अपरान्ह १:30 बजेदेखि 4:30 बजे सम्म।

 

 

नेपाली राजदूतावास

ओटवा, क्यानडा

2072/1/16

Information Officer

Mr. Dilip Kumar Paudel

Counsellor

Phone: 613-680- 5513 Ext. 104

Email: nepalembassy@rogers.com

eonottawa@mofa.gov.np